१० बैशाख २०८२, बुधबार

नियात्राकार युवराज नयाँघरे थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मानित

कोलोराडोखबर संवाददाता , April 23rd, 2025

नेपाल । नियात्राकार युवराज नयाँघरेलाई थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मानित गरिएको छ ।

थाई नेपाली संघ, बैङ्कक शाखाले आयोजना गरेको कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तरसंवादसमेत भएको थियो ।

समारोहमा अशोक घिमिरे, दीपा राना, तिलक पोख्रेल, रित निरौला गुरागाईं, कोमल भट्टराई, राज पौड्याल, गङ्गा बस्नेत, भारती अधिकारी, विना ढकाल, करुणा भुजेल, लोकेन्द्र ओलीलगायतले आफ्ना रचना र विचार प्रस्तुत गर्नुभएको थियो ।

नियात्राकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्