नेपाल । निर्देशक राजेन्द्र बस्नेतले चलचित्र ‘कार्की साइँला’ बनाउने घोषणा गर्नुभएको छ ।
चलचित्रको निर्माण पक्षले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र मुहूर्त गर्दै निर्देशक बस्नेतले वैशाख २० गतेदेखि छायाङ्कन सुरु हुने जानकारी दिनुभयो ।
उहाँले चलचित्रले ग्रामीण जीवनमा रहेका एक परिवारको कथालाई समेट्ने बताउँदै भन्नुभयो, “यो एउटा भरियाको कथा हो, भुइँमान्छेले गर्ने सङ्घर्ष र उसको अपेक्षालाई चलचित्रमा प्रस्तुत गर्ने छौँ ।”
चलचित्रमा जितु नेपाल, वर्षा सिवाकोटी, गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायतका कलाकारको अभिनय रहने छ । अभिनेता नेपालले चलचित्रमा आफ्नो भूमिका फरक र चुनौतीपूर्ण रहेको बताउनुभयो ।
कर्णबहादुर फिल्म्स प्रालिले निर्माण गर्ने चलचित्रमा कृष्णभगत चाम्लिङ प्रस्तुतकर्ता र बालकुमार राई निर्माता हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्