९ बैशाख २०८२, मंगलवार

चलचित्र ‘उनको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 22nd, 2025

नेपाल । चलचित्र ‘उनको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा युवराज काफ्लेको शब्द, सुजन चापागाईंको स्वर र झुमा लिम्बूको सङ्गीत रहेको छ ।

चलचित्रमा विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा देखिनुभएको छ । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्