-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयां बर्षका २०८२ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।
कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना नेपाली नया वर्ष २०८२ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
शुभकामना सांझ कार्यक्रम आगामी अप्रिल २६ तारिक शनिबारका सांझ ५ बजेदेखी राती ९ बजे सम्म वेष्टिमिनिष्टर सहरमा आयोजना हुन लागेको हो । लोकप्रिय गायक बिमल डांगीको बिशेष आतिथ्यता तथा संझना पाण्डे लगायतका स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिने रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
त्यसैगरी सोही कार्यक्रममा कोलोराडोमा नेपालीभाषी समुदायको सबैभन्दा जेठो संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको इतिहास सगटिएको रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको विकास र विरासत नामक पुस्तकको लोकार्पण गरिनुको साथै यहां बसेर बिगतलामो समयदेखि नेपाली भाषी समुदायको बिकासको लागी निरन्तर योगदान दिदै आएका ३ जना समाजसेवीहरूलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको बगालेले बताएका छन् ।
प्रवासमा नेपाली भाषा संस्कृतीको पहिचाहन गराउने जस्तो महत्वपुर्ण कार्यक्रममा यहाँ रहेका सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दी जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बाआमा दाजुभाइ, दिदीबहिनीहरू सबैलाइ कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ भव्य र सभ्य बनाई सफलतापूर्वक सम्पन्न पार्न सहयोग गरिदिनु हुन संस्थाको नवनिर्वाचित अध्यक्ष आकृती राइ अधिकारीले हार्दिक अपिल गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्