नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्दै आएको राप्रपाले विरोध प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन राप्रपाले बताएको छ।
प्रतिक्रिया दिनुहोस्