नेपाल । तीन राजनीतिक दलका शीर्ष नेताहरूले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिन आह्वान गरेका छन्।
शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शीर्ष नेताहरू केपी ओली‚ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले गणतन्त्र पक्षधरवादी शक्तिहरू एकै ठाउँमा उभिने ऐक्यबद्धता जनाएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार छलफलमा देशको विद्यमान परिस्थितिको बारेमा कुराकानी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्