–आरसी रिजाल–
झुमा हो नाम । बिबाह भएको १० महिनामा उनको लोग्ने गाडी दुर्घटनामा बित्छ्।त्यसको दुई महिनापछी छोरो जन्मिछ।गरिबीले ब्याप्त घर र माइतीबाट आर्थिक सहयोगको कल्पना गर्न सक्तिनथिन।
संघर्ष गरेर छोरा पढाइन्। तर अहिले उनको बृध्दाश्रममा बास छ। आश्रमवासीबारे विद्यावारिधी गर्न लागेगी एक छात्रालाई उनको संघर्षशिल जिबनले यस्तरी तान्छ कि ऊनीले विद्यावारिधिलाई पछाडि सारेर झुमाको जिबनको सत्यघटनामा आधारित उपन्यास लेख्न आश्रममै बस्छिन् ।
झण्डै एकबर्षमा उपन्यास तयार हुन्छ। उपन्यासमा झुमाले पासोलगाई मर्नखोज्दा छोरालाई संझेकी, छोरा बिमारी हुँदा बिताएकी अनिदो रातहरु,व्यबहार धान्न्न र छोरो पढाउन रगत बेचेकी। २/३ घरमा भाँडामाज्ने काम गरेकी,कयौं पटक बेहोसभै ढलेकी , यौनपिपासुको पन्जाबाट उम्किएकी , छोराको भबिश्यको लागि आफ्नो एउटा किड्नी बेचेकी र यसबारे छोरालाई जानकारी नदिएकी आदि दर्दनान घटनाका बर्णनन् छ्न्।
कयौं पाठकको हृदय विक्षप्त भै उपन्यास पढ्न नसकेका ,कत्तिले दिनको ३/४ पेजभन्दा बढी पढ्न सकस भएको ।अनि एकबर्षमै उपन्यासको तीन संस्करण निस्कनुका साथै बिदेशी भाषाहरुमा पनि अनुवाद हुँदै गएको,सम्मान प्राप्त हुँदै गएको र अझ फिल्म निर्माण हुनलागेको कारण संचार माध्यममा अन्तरवार्ता दिन झुमालाई भ्याइनभ्याई जस्तै छ।
उनको नातिनातिना भैसकेका छ्न् रे! उनी भन्छिन् — मैले ३० बर्ष मिहेनतगरि हुर्काएको छोरालाई तीन महिनामै बुहारीले चिलले चल्ला टिपेझैँगरि बिदेश पुर्याई।आज म यो अवस्थामा पुग्नुको जस छोरालाई दिइनँ भने पाप लाग्छ। र यो उपन्यास लेखाउनुको मुल धोको म जस्तै बिसन्चो आमाहरूको मन सन्चो तुल्याउन हो ।
-हेटौंडा, नेपाल ।
प्रतिक्रिया दिनुहोस्