– रमेशचन्द्र घिमिरे-
सकिँदैन खोला तर्न बल गरेर
ढुक्कसँग पारि पुग्छु फड्के तरेर
गहिरो छ कि छिप्छिपे छ कहाँ भर हुन्छ
लेउमा परी चिप्लिएर लड्ने डर हुन्छ
किन दोमन गर्नु पर्यो पक्क परेर
झोला बोकी स्कुल जान्छु फड्के तरेर
जङ्घार तरी जाऊँ भने लुगा भिज्ने हो कि ?
गिटी अनि गेग्र्यानले खुट्टा बिझ्ने हो कि ?
किन मोल्नु खतरा भो तल झरेर
यसै गरी फर्कने हो फड्के तरेर ।
-भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्