६ बैशाख २०८२, शनिबार

रास्वपाको महाधिवेशन सर्यो, अब चितवनमा फागुनमा हुने

कोलोराडोखबर संवाददाता , April 18th, 2025

नेपाल । यही बैशाखमा तय भएको रास्वपाको महाधिवेशन १० महिना पछि सरेको छ । अब फागुनमा हुने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले आउँदो फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

महाधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको झाले बताए ।

पार्टीको प्रादेशिक समिति र मातहतका पार्टी संरचनालाई अझै सशक्त बनाउने उद्देश्यले सातै प्रदेशमा इन्चार्जहरू पनि तोकिएको झाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्