६ बैशाख २०८२, शनिबार

रास्वपा नेतृ सुमना श्रेष्ठले दिइन् राजीनामा

कोलोराडोखबर संवाददाता , April 18th, 2025

नेपाल । रास्वपा नेतृ तथा सांसद सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी छिन् ।

उनले सांसदको जिम्मेवारीमै रहने भन्दै कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा बुझाएकी हुन् । श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछानेलाई आफ्नो राजीनामा बुझाएको भए पनि बिहीबार उक्त कुरा बाहिर आएको हो ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टी सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्