६ बैशाख २०८२, शनिबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को बजेट अधिवेशन आह्वान

कोलोराडोखबर संवाददाता , April 17th, 2025

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले संघीइ संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसो १ बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । राष्ट्रपतिको आह्वान अनुसार सङ्घीय संसद् सचिवालयले बैठकमा उपस्थितको सूचना जारी गरिसकेको छ ।

हिउँदे अधिवेशन अन्त्यको तीन सातापछि प्रारम्भ हुने गरी बैठक बोलाइएको हो । हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरिएको थियो ।

विद्यालय शिक्षा विधेयक पारितको माग गरेर शिक्षकले चरणबद्ध आन्दोलन जारी राखेपछि सरकारले यसअघिका प्रचलनभन्दा दुई साताअघि अधिवेशन आह्वान गरेको हो । बजेट अधिवेशनमा संघीय संसद्मा राष्ट्रपतिबाट सम्बोधन हुने छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेट अधिवेशनमै राष्ट्रपतिबाट पेस हुने छ ।

अधिवेशनमा बजेटका प्राथमिकता र सिद्धान्तको छलफल तथा संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते वार्षिक बजेट पेस हुने छ ।

प्रतिक्रिया दिनुहोस्