नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपियाँ १५ पैसा र डिजेलमा दुई रुपियाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्