६ बैशाख २०८२, शनिबार

‘फर्कि आउन साथीसङ्गी हाम्रोमाटो रोइसक्यो’ बोलको गीत सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 16th, 2025

नेपाल । गायक अशोक विष्टको फर्कि आउन साथीसङ्गी हाम्रोमाटो रोइसक्यो भन्ने राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत सार्वजनिक भएको छ ।

लामो समयदेखि वैदेशिक रोजगारीमा जान बाध्य भएका तमाम नेपाली युवा वर्गलाई लक्षित गरेर अब विदेशमा श्रम गर्न पुग्यो, विदेशको श्रमले हाम्रो नेपाल बाजो भइसक्यो, अब आफ्नै स्वदेशमा फर्कि आउ र यहाँ केही गर भन्ने सन्देश गीतमा झल्कीएको छ ।

आफ्नो दर्शक माझ नयाँ वर्ष २०८२ सालको उपहार स्वरूप गायक विष्टले बजारमा ल्याउनुुभएको यस गीतका शब्दकार गायक स्वयम् हुनुुहन्छ भने यस गीतलाई सङ्गीतकार सरोज प्याकुरेलले दिनुभएको छ ।

प्रदिप श्रेष्ठद्धारा एरेन्ज गरिएको यस गीतको रेकर्डिङको कार्य भ्वाइस एकेडेमीले गरेको छ । हिमाल, तराई, मधेश र पहाड देशको तीनै भूभागलाई समेटेर यस गीतको छाँयाङ्कन रामकुमार प्याकुरेलले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्