५ बैशाख २०८२, शुक्रबार

नेपालमा सुनको मूल्य तोलाको १ लाख ८६ हजार पुग्यो

कोलोराडोखबर संवाददाता , April 14th, 2025

नेपाल । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो ।

अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्