नेपाल । नेपाल प्रहरीका १७औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ ।
केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको हो ।
उनका छोरा दिपशमशेर जबराका अनुसार सोमबार बिहान ११ बजे पशुपतिमा जबराको अन्तिम संस्कार गरिने छ।
जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए।
प्रतिक्रिया दिनुहोस्