६ बैशाख २०८२, शनिबार

बालकविता: जन्मदिनको रमाइलो

कोलोराडोखबर संवाददाता , April 12th, 2025

– रमेशचन्द्र घिमिरे-
यति साह्रो रमाइलो
भा´क‍ो किन हो
आज हाम्री साथीको
जन्म दिन हो

मिठाई बोकी ल्या´की छन्
झोला भोरेर
यतै राख क्यै हुन्न
खान्नौँ च‍ोरेर

अबिर लाइदिइन् गालामा
हाम्री वर्षाले
दङ्ग परिन्, रमाइन्
उफ्रिन् हर्षले

गीत गाइन् रूपाले
भाका हालेर
साथीभाइ नाच्दैछन्
खुट्टा फालेर

हृदयको खोकिलामा
माया अटाउँदै
ताली पिटिन् पुष्पाले
हात ठटाउँदै

हामीसित पैसा छैन
केक काट्नलाई
कल्ले छेक्न सक्छ र ?
खुसी साट्नलाई

मनको पीर अँधेरो
दु:ख भगाउँछौँ
निभाउन्नौँ मैन बत्ती
दियाे जगाउँछौँ

किताब-कापी उपहार
दिनु जाती हो
जन्मदिनको खुसीमा
नाचौँ साथी हो !

–भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्