६ बैशाख २०८२, शनिबार

क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप

कोलोराडोखबर संवाददाता , April 11th, 2025

नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ ।

यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिए पनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको सीमा तोकेको हो ।

महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएका छन् । थपिएको समयमा अनिवार्य रूपमा नवीकरणको काम सक्न निर्देशन दिएका छन् ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका लिने व्यवस्था गरेको छ । कांग्रेसमा महाधिवेशन ताका सधैँ क्रियाशील सदस्यको लफडा गर्ने गरेको छ । तर, यसपटक महामन्त्री थापाले तोकेको समयमा नवीकरण नगरेपछि नहुने चेतावनी दिँदै आइरहेका छन् । उनले महामन्त्रीको मुख्य जिम्मेवारी संगठनलाई सुदृढ बनाउने भएकाले आफू अहिले त्यतातर्फ केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्