६ बैशाख २०८२, शनिबार

पन्ध्र महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने

कोलोराडोखबर संवाददाता , April 9th, 2025

नेपाल । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमाले दुई पुराना जिम्मेवार दललेको नेतृत्वमा गठन भएको सरकार २०८४ सम्म चल्ने बताउनु भएको छ ।

नेकपा (एमाले) सिरहाको एघारौं जिल्लाअधिवेशनलाई सिरहा सदरमुकामस्थित सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्राङगणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

नेपाली काँग्रेस र नेकपा (एमाले) बिच भएको सम्झौताअनुसार पन्ध्र महिनापछि काँग्रेसको सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्