६ बैशाख २०८२, शनिबार

‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’ रेनुका नगरकोटेलाई प्रदान

कोलोराडोखबर संवाददाता , April 9th, 2025

नेपाल । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटेलाई ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ ।

गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालले सोमबार एनसीएम डे को अवसरमा रेनुकालाई सम्मान पत्रसहित ५० हजार रुपियाँबाट सम्मान गरेको हो ।

रेनुकालाई पोएट आइडलका जज विप्लप प्रतीक, गुरुकुल एजुकेसन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसीएमका प्रिन्सिपल सुशीलभक्त माथेमा, एनसिएमका बोर्ड मेम्बर अमन प्रताप अधिकारीले संयुक्त रूपमा रेनुकालाई सम्मान गर्नुभयो ।

यस्तै ‘कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’ बाट कवि सिजन श्रेष्ठ सम्मानित हुनुभएको छ । सम्मान ५० हजार रुपियाँ र सम्मान पत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्