२५ चैत्र २०८१, सोमबार

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घट्यो

कोलोराडोखबर संवाददाता , April 6th, 2025

नेपाल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै घट्यो ।

अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्