नेपाल । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सोमवारमात्रै अदालतमा पेश गरिने भएको छ ।
शुक्रबार राति पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन् । यसअघि १ करोड धरौटी बुझाएर रिहा भएका लामिछानेलाई उच्च अदालतको आदेश अनुसार पक्राउ गरिएको हो ।
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्