२५ चैत्र २०८१, सोमबार

भगवान् रामको पूजाआराधना गरी रामनवमी पर्व मनाइँदै

कोलोराडोखबर संवाददाता , April 6th, 2025

नेपाल । आइतबार चैत्र शुक्ल पक्षको नवमी तिथि । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी रामनवमी पर्व मनाइँदै छ ।

त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित छन् । अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।

रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। ​रामनवमीको अवसरमा उनको जन्मभूमि भारतस्थित अयोध्या र ससुराली नेपालस्थित जनकपुरक्षेत्रमा उत्सव चल्छ ।

काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ ।

२०८२ सालमा दुई रामनवमी परेको छ । यसअघि वैशाख ५ गते यो पर्व परेको थियो । रामनवमीका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्