९ मंसिर २०८१, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कोलोराडोखबर संवाददाता , January 16th, 2024

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो ।

सोमबार राति १२ बजेबाट नयाँ मूल्य लागू भएको छ । पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रतिलिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्