३ चैत्र २०८१, सोमबार

कुँवरको कार्यकाल सकियो, को होला नयाँ महानिरीक्षक ?

कोलोराडोखबर संवाददाता , March 17th, 2025

नेपाल । सोमबारदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन् ।

कुँवर अवकाशमा जान लागेसँगै एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ नयाँ महानिरीक्षकको प्रतिस्पर्धामा छन् ।

प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लोगका हुन् ।

त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका छन् ।

सरकारले सोमबारनै बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्