३ चैत्र २०८१, सोमबार

समाजवादी मोर्चा सरकारमा जाने टेको होइनः प्रचण्ड

कोलोराडोखबर संवाददाता , March 16th, 2025

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताएका छन् ।

शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रचण्डको लागि समाजवादी मोर्चा टेको बनाइयो भन्नेकुरा सही नभएको बताए ।

उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्ने कुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्