नेपाल । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटरमा ४ रुपैयाँले मूल्य घटाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आज १५ मार्च, २०२५ अर्थात् चैत २ गते प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार आयल निगम सञ्चालक समितिले मूल्य घटाएको जनाएको छ । घटाइएको मूल्य आइतबार राति १ बजेपछि लागु भएको छ ।
प्रतिक्रिया दिनुहोस्