१ चैत्र २०८१, शनिबार

कोलोराडोस्थित डेनभर विमानस्थलमा विमानमा आगलागी, सबै यात्रु सुरक्षित

कोलोराडोखबर संवाददाता , March 15th, 2025

कोलोराडो । अमेरिकाको कोलोराडोमा रहेको डेनभर विमानस्थलमा यात्रु भरिएको विमानमा आगलागी भएको छ ।

बिहीबार साँझ डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको हो । अधिकारीहरूका अनुसार रोकिरहेको विमानमा आगो लागेको थियो ।

अमेरिकन एअरलाइन्सले उडानका लागि प्रयोग गरिएको विमान बोइङ ७३७–८०० मा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

विमानभित्र १ सय ७२ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका बेला आगलागी भएपछि उनीहरूमध्ये केही हतारहतार बाहिर निस्किएका थिए । केही यात्रीलाई विमानबाट ओरालेर टर्मिनलमा लगिएको थियो ।

अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) का अनुसरा यात्रुलाई भुइँमा सुरक्षित रूपमा अवतरण गर्न इन्फ्लेटेबल स्लाइडको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्