१ चैत्र २०८१, शनिबार

कविताः धरतीमा कहाँ होला गीतै गीतको देश

कोलोराडोखबर संवाददाता , March 15th, 2025

-लालगोपाल सुवेदी-
धरतीमा कहाँ होला गीतै गीतको देश
नदी , जङ्गल, पहाडको सुन्दर परिवेश

कहाँ भेट्न सक्छु होला माहुरीका हूल ?
कहाँ देख्न सक्छु होला सय थरी फूल
कुन बाटोले नलगाउला बटुवालाई ठेस
शान्तिक्षेत्र भन्दा गर्व लाग्ने परिवेश ?

चोर लाग्ने चोर बाटो नभएको देश
वृद्धालय अनाथगृह नभएको देश
सपनामा रुन्छु किन देखी घरदेश
कहिले होला एउटा एउटा बुद्धसँग भेट ?

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्