२८ फाल्गुन २०८१, बुधबार

संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको छः गगन

कोलोराडोखबर संवाददाता , March 12th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको बताउँदै अन्य दलहरुलाई पनि एकजुट हुन आग्रह गरेका छन् । ।

मंगलबार प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयलाई समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै वर्तमान सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाईको खण्डन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्