२८ फाल्गुन २०८१, बुधबार

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

कोलोराडोखबर संवाददाता , March 12th, 2025

नेपाल । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको हो । त्यसअघि चैत्र १ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने र त्यहि दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्