नेपाल (हेटौंडा) । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा सुरु गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन् गर्दै सेवा सुरुवात गरे ।
विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालनमा बाध पुगेको थियो ।
टिचिङ अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डाक्टर विकेश श्रेष्ठ अस्पतालमा हाजिर भएपछी यो सेवा सुरु गरिएको हो । यस सम्वन्धी अस्पतालमा रहेको उपकरण र डाक्टर पनि प्राप्त भएपछि सेवा विस्तार भएको हो । अस्पतालमा उक्त सेवा थप भयसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले नागरिक लक्षित गुणस्तरीय सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री लामाले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताए ।
उनका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकार प्रतिबद्ध रहेको छ । हाल देशमा मुटु रोग सम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकारले त्यस तर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्