२८ फाल्गुन २०८१, बुधबार

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति आश्चर्यलाग्दो, भावनामा बगेर देश बन्दैनः प्रधानमन्त्री ओली

कोलोराडोखबर संवाददाता , March 10th, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उहाँले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्