१ चैत्र २०८१, शनिबार

चार देशीय महिला क्रिकेटमा नेपाल नामिबियासँग ६ विकेटले पराजित

कोलोराडोखबर संवाददाता , March 9th, 2025

नेपाल । चार देशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ ।

अन्तिम ओभरमा नामिबियालाई जितका लागि १० रन आवश्यक थियो, तर नामिबियाले एक बलअगावै लक्ष्य भेट्टायो । अन्तिम ओभरमा नेपालले दुई क्याच छोड्न पुग्यो । अन्तिम ओभरको दोस्रो र चौथो बलमा नेपालले क्याच छोड्न पुगेको हो ।

वर्षाका कारण ओभर छोट्ट्याइएको खेलमा नामिबियाले १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो । नामिबियाकी मेकेलान्ये म्याटिलले सर्वाधिक २६ रन जोडिन् । जुरिएन डियर्गाड्र्टले ७ बलमा १३ रन जोड्दै नामिबियालाई जितको बाटो पहिल्याइन् ।

बलिङमा पूजा महत्तो, कविता जोशी, कप्तान ईन्दु वर्मा र ईश्वरी विष्टले एकएक विकेट लिए ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन् । ईश्वरी विष्ट १७ रनमा अविजित रहिन् । कविता जोशीले १६ र पूजा महतोले १३ रन जोडे ।

बलिङमा नामिबियाका विल्का म्वाटिल र मेकेलान्ये म्याटिलले ३–३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्