–मिथिला अधिकारी–
रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ
खेतमा गोबर मल हाल फाइदै फाइदा हुन्छ ।
बाँझै राखी खेतबारी परदेश तिर लाग्नु भन्दा
फलफूल रोप गर कमाल फाइदै फाइदा हुन्छ ।
घरेलुमा दर्ता गरी साना साना उद्योग चलाउ
गुन्द्रुक बनाउ अचार गाल फाइदै फाईदा हुन्छ ।
आज भोलि भन्दा भन्दै नेटो काट्छ समयले
ख्याल राखी पाईला चाल फाइदै फाइदा हुन्छ ।
आफ्नै गाउँ आफ्नै ठाउँ आफ्नै देशको लागि
जागृतिको दियो बाल फाइदै फाइदा हुन्छ ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्