–धनराज गिरी–
संवादविहीन हुनुहुन्न कुनै पनि नाता
गलतफहमिले च्यात्ने अति सुन्दर छाता
सद्भाव खेती दोहोरो हो कुनै पनि युगमा
सिकाउने यही कुरा सरस्वती माता
हरेक रङ्ग खास हुने मौसम अनुसार
मिल्नुपर्छ फूलहरू नीलासित राता
साना साना नदीहरू मिली बन्ने सागर
बने सिन्धु अहङ्कारी दूर हुने दाता
सुदामा र कृष्ण कथा कण्ठ होला पक्का
अमीरसित जमीर भए अब्बल जस्तापाता
विश्वासले जोगिने हो सम्बन्धको ग्रन्थ
भरोसाले मुस्कानले आहा हुने गाता
इमानको विवेकको सबुत हुन्न केही !
मानवता आधार हो, हृदयको हाता !
–चितवन, नेपाल ।
प्रतिक्रिया दिनुहोस्