–रमेशचन्द्र घिमिरे–
‘कपडाको छाला रै’छ फलामको हाड
खुम्चँदा चैँ लठ्ठी हुने खुल्दा हुने आड’
उत्तर भन्न किन ढिला सोची छिटो भन
नत्र भए दस पुर्याउँछु तिमी एक, दुई गन ।
एउटै मात्र खुट्टा हुने हाम्रो काले दाइ
दैलाभित्र छिर्न खोज्छ अटाई नअटाई
जान्यौ भने यसको उत्तर भन्नु पर्ने हुन्छ
नभनिन्जेल मैले एक, दुई गन्नु पर्ने हुन्छ ।
बाले प्रश्न लगातार सोद्धा भएँ जिल्ल
उत्तर भन्छु तर उत्तर नमिल्ला कि मिल्ला ?
घामपानीमा जसको हुन्छ मिठो प्यारो नाता
उत्तर यही हो पानी पर्दा ओढ्नुपर्ने छाता ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्