नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली अब्बल राजनेता र कुशल रणनीतिकार रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।
नेकपा एमालेका नवनियुक्त केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सचिव गणेश पाण्डेको सम्पादनमा पकाशन भएको बिभिन्न लेखहरुको संगालो ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले ओली नेपालको विशिष्ट राजनीतिज्ञ भएको बताउनु भयो ।
उहाँले एमाले अध्यक्ष ओली मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानको कुशल नेतृत्वकर्ता भएको बताउनु भयो । ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु,’ भण्डारीले भन्नुभयो ।
उहाँले ओलीमा देखिएको अदभूत क्षमता अरु नेताहरुमा आफूले पाउन नसकेको अनुभुति पनि सुनाउनु भयो । ‘प्रधानमन्त्री ओलीमा अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र शिर्जनशील क्षमताका धनी हुनुहुन्छ । उहाँ अब्बल राजनेता हो,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले आफूलाई आस्था, अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन प्रधानमन्त्री ओली सफल रहेको बताउनु भयो । यस्तै प्रधानमन्त्री ओली एक कुशल रणनीतिकार समेत भएको भण्डारीको निश्कर्ष छ ।
सो पुस्तकमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यदेखि निलाम्बर आचार्य, इश्वर पोखरेल, सूर्य थापा, कृष्णप्रसाद सिटौला, चन्द्र ढकाल, बिनोद चौधरीसम्मको गरी ६७ वटा लेख समावेश गरिएको छ । सबै लेख प्रधानमन्त्री ओलीको बिषयमा बिषयमा केन्द्रित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्