७ बैशाख २०८२, आईतवार

कविताः प्रयागराज

कोलोराडोखबर संवाददाता , March 1st, 2025

–धनराज गिरी–
अचम्मको महामेला अचम्मको काज !
वाह वाह जोर जोगी राजनीतिबाज !

अर्थशास्त्र धर्मशास्त्र मिले आरामसित
भए खुशी भक्तहरू भारतीय नाज !

अति उग्र नास्तिकले के के भने के के
विभाजित समाजमा आफ्नै राग साज !

यस्तै यस्तै दुनियाँ हो जे हुनु छ हुन्छ
पहिरिन्छ अमीरले सधैं प्रेमताज !

असजिलो एक सत्य भोग्ने भित्र भित्र
दाद,लुतो उपहार दिने ‘प्रयागराज’ !

–चितवन, नेपाल ।

प्रतिक्रिया दिनुहोस्