नेपाल । नेपाल सरकारले नयाँ आर्थिक वर्षको बजेटको तयारी शुरु गरेको छ । आगामी बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको हो ।
समितिका संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ ।
सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्