६ बैशाख २०८२, शनिबार

आगलागीबाट चिया प्रशोधन उद्योग ध्वस्त

कोलोराडोखबर संवाददाता , February 26th, 2025

नेपाल । इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मङ्गलवार राती लागेको आगलागीबाट उद्योग नै ध्वस्त भएको छ । राती करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको थियो ।

आगलागीबाट कारखानामा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चिया, जेनरेटर, जस्ता पाताले बनेको दुईतले भवन सबै नष्ट भएको छ ।

विद्युत् सर्ट भएर आगो शुरु भएको हुनसक्ने अनुमान गरिएको छ ।

नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दश वर्ष यता सञ्चालन गर्दै आउनु भएको थियो । ह्वाइट टी, ओलाङ, ग्रीन, गोल्डन, गोल्डेन पल लगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर शरदले तेस्रो मुलुक निर्यात गर्दै आउनुभएको थियो ।

यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्