७ बैशाख २०८२, आईतवार

‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन

कोलोराडोखबर संवाददाता , February 26th, 2025

नेपाल । नेपाली र अङ्ग्रेजी भाषा व्याकरणका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको छ । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

विसं २००० साल असोज १ गते तेह्रथुममा जन्मनुभएका गौतम ग्रामर गुरुका रूपमा परिचित हुनुहुन्थ्यो । नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उहाँका दर्जनौँ पुस्तक प्रकाशित छन् ।

नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एन्ड प्रोनाउन्सेसन, राम्रो अङ्गे्रजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक निकै चर्चित छन् ।

गौतमका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्