७ बैशाख २०८२, आईतवार

कविताः सम्झनाका सारेगम

कोलोराडोखबर संवाददाता , February 22nd, 2025

–गोवर्द्धन पूजा–
के थाहा
आकाशबाट झरेका पानीका थोपाहरूलाई
अनुभूतिका वर्णमाला ?

अस्ति,
खरका पालीबाट झर्दाको – तप्–तप् !

हिजो,
जस्ताका छानाबाट झर्दाको-टिंङ्- टिङ् !

आज,
ढलानको डुँडबाट झर्दाको– कुल–कुल !!!

तर मलाई,
खुब याद आउछ–
छिचोलेर खरका छानालाई
आमाले थाप्नुभएको बाल्टिनमा
तप्केका थोपाहरूको सारेगम !
–बोस्टन, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्