नेपाल । वरिष्ठ हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् ।
दातृ निकायको सहयोगमा आफूहरूले बनाएका कार्यक्रमहरूमा कतै पनि हिन्दू धर्मलाई ठेस पुर्याउने काम नगरेको उनीहरूको प्रष्टीकरण छ ।
मह जोडीले अमेरिकी सहयोग नियोग युएसएडबाट अनुदान लिएर हिन्दू धर्मविरुद्ध कार्यक्रमहरू बनाएको भन्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । मदनकृष्ण र हरिवंश दुवैले एक ठाउँ बसेर आज यसको खण्डन गरेका हुन् ।
आफूहरूले यूएसएडको पैसामा केही सचेतनामूलक कार्यक्रमहरू बनाएको भए पनि ती कार्यक्रममा कुनै धर्मको पक्षपोषण वा विरोध नभएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्