६ बैशाख २०८२, शनिबार

नेपाल वायुसेवा निगमको टिकटमा जापान एयरलाइन्सको हवाई सेवा

कोलोराडोखबर संवाददाता , February 20th, 2025

नेपाल । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच सहज हवाई यात्रा र व्यापार विस्तारका लागि सम्झौता भएको छ ।

निगमबाट संसारभरकै गन्तव्यको टिकट लिएर जापान एयरलाइन्समार्फत उडान गर्ने गरी द्विपक्षीय सम्झौता भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँबाट निगमको जहाजमा जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्दा जापान एयरलाइन्सको जहाजमार्फत कनेक्टिङ फ्लाइटमार्फत यात्रा गर्न सक्ने गरी सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्