६ बैशाख २०८२, शनिबार

अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित

कोलोराडोखबर संवाददाता , February 19th, 2025

अमेरिका । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् ।

अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएसँगै नेपालमा सञ्चालित एमसीसीद्वारा सञ्चालित परियोजना पनि स्थगित भएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरु कार्यकारी आदेशअनुसार रोकिएको जनाएको छ ।

यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् ।

प्रेस विज्ञप्ति
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी 20, 2025 मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।
अर्थ मन्त्रालय
मिति: २०८१ फागुन ६

प्रतिक्रिया दिनुहोस्