नेपाल । नेपालमा यो साता कारोबारको लगातार दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बढेको छ ।
नेप्से २९ दशमलव ८७ अंकले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
सोमबार तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा रू १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्