२ माघ २०८१, बुधबार

४७ केजी चाँदीसहित तीन जना पक्राउ

कोलोराडोखबर संवाददाता , January 9th, 2024

नेपाल । काठमाडौं उपत्यकाबाट ४७ केजी चाँदीसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीको चाँदी भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ रहेका छन् । बरामद चाँदीको विलविजकहरु नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्