६ बैशाख २०८२, शनिबार

नेपाल सरकारले यूएईबाटै दिन थाल्यो श्रम स्वीकृति

कोलोराडोखबर संवाददाता , February 14th, 2025

अमेरिका । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।

उनले सम्बन्धित राजदूतावासबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झञ्झटबाट मुक्त हुने र आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए ।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए ।

वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो।

प्रतिक्रिया दिनुहोस्