२८ फाल्गुन २०८१, बुधबार

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित

कोलोराडोखबर संवाददाता , February 13th, 2025

नेपाल । ग्यास उद्योगीले १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग सहमति भएसँगै ग्यास उद्योगीले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरेका हुन् ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भएको थियो । छलफलमा व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको बताइएको छ ।

बैठकमा उद्योग मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारी, निगमका कर्मचारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारी रहेका थिए । छलफलमा संघका मागका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।

ग्यास उद्योगी विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए ।

उद्योगीले आन्दोलन शुरु गरेसँगै बजारमा ग्यासको अभाव हुन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्