नेपाल । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु. दुई हजार ७०० ले घटेको हो ।
मङ्गलबार प्रतितोला सुन रु. एक लाख ७० हजार २०० मा कारोबार भएकामा बुधबार सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु. १५ ले घटेको छ । प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ३० निर्धारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्